Sunday, March 20, 2016

वियोग बुझिरहेछु!

एउटा अध्यायको समाप्तिमा आएर
जीन्दगी बुझ्दैछु
दाई आज म,
वियोग बुझ्दैछु |

शिशिरमा पतझड रुखझैं नांगिएर
भावना झरेका शुन्य मष्तिस्कले
बेदना बुझ्दैछु म,
आज, वियोग बुझ्दैछु |
खुशीले गद्गद् म झोला समाई हातमा
पहिलो पटक घर छोड्दा,
मेरो आमाको आँखामा टिलपिल
टल्केका आँशु बुझ्दैछु |
आज, सकुसल म र मेरो तन,
तर, मन हराउँदाको पीडा बुझ्दैछु |

परिवर्तन सहने मेरो रहर,
जिन्दगीका मोडहरुमा रमाउने मेरो रहर,
यो महाकाव्यको अर्को अध्याय सकिंदा,
नयनका चमकहरुको बिलय बुझादैछु |
हिजो उदाएको त्यो बिहानी,
रंगमगाएको माहोल,
परिचयका संघारहरु,
जिम्मेवारीले भरिएको काँधहरु,
कापी, कलम, कक्षा, खेल,
यी भवनहरु, यी परिधि
खुला पलकबाट अस्ताउन लाग्दा,
तप्प तप्प झर्ने यी आँशु बुझ्दैछु
भाई आज, म
वियोग बुझ्दैछु |

ठिटो म, केटो म,
ढोटे बुध्दी मेरो,
छिनभरमै रिसाउने म, छिनमै रमाउने म,
जन्मदिनको उपहारझैँ उदायो समय
भुलायो यसले, बगायो यसले,
भोगायो यसले,
अनि मेरा परिधिहरुमा अनुभब अटाउन थाले,
भावनाहरु अटाउन थाले,
अनेकन सोचहरु अटाउन थाले |
आज त्यहि समयले धकेलेर
किनारमा निकालिदिंदा फुसफुस उडेर खुसीहरू
ओठ छोप्दा रहेछन,
शब्दहरु दब्दारहेछन्,
मन रुँदोरहेछ,
अनि बिदाई बुझिदोरहेछ,
हो म,
बिदाई बुझिरहेछु |
साथी आज म,

वियोग बुझिरहेछु |

2 comments: