बाग्मती,
जो कयौं सपुतका खरानी भएका बलिदान लिएर
बगेको छ,
कयौं परिवर्तनगामी रगतहरु लिएर बगेको छ,
कयौं शहीदका सपनाहरु लिएर बगेको छ,
कयौं आँखाका आँसुहरु संगै बगेको छ,
जुन आँखाहरु,
आफ्नो लागि रसाएका थिएनन्,
निर्बल अनुहारबाट चुहिएका थिएनन्,
देशप्रेमले देशका लागि
निस्वार्थ होमिएका छोराहरुको लागि
बग्मतीसंगै बग्ने आसमा,
साउने भेलसंगै मिसीई
अघि बढ्ने आशमा बगेका थिए |
तर आज,
यि इच्छाको निर्मम हत्या भएको छ,
अनि अरु आँशुहरुपनि चुहिदैछन्,
तर यिनमा अघि बढ्ने आश छैन,
मात्र बाग्मती देखेर चुहिदैछ
जुन आज,
उल्टो बगिरहेछ|
No comments:
Post a Comment