ऊ सर्वश्रेष्ठ जीव,
मगज चलाउने क्षमताले
सुसज्जित
दुनिया बनाउने-भत्काउने
क्षमताले सुसज्जित
जीवन मार्ने-बचाउने
क्षमताले सुसज्जित
विलासिताले अतृप्त
छ,
एक्लै रमाउने
कल्पनाहरु उसका,
सरर्र गाडी चड्दै,
हरर्र अत्तरको बास्ना र आलिसान महल,
सपनाहरु उसका
प्रत्येक निशामा
बन्द आँखाका पलकहरुभित्र
एक फूल अर्को फूल
डुलीरहेछन भमराझैं|
ऊ सर्वश्रेष्ठ जीव,
काल्पनिक दुनियाँमा
फूलझैं ज्यून
उखेलिरहेछ
हरियालिहरु,
बसन्तका निर्मल
पालुवाहरू
निर्दयी बनि
थिचिरहेछ ऊ,
निर्दोष पवित्र
आमाको छाती|
ऊ सर्वश्रेष्ठ जीव,
दुषित ति वायुका
झोकहरु,
फोहोर ति पानीका
फोकाहरु लिंदै,
अट्टहास हाँसिरहेछ
आज,
बिर्सिएको छ ऊ,
दिनहु उसले गरेका
अत्याचारहरु,
आमामाथि परेका ति
अनेकौं आघातहरु,
छिद्रछिद्र भएको
त्यो उसको छत,
रंग उडिसकेका उसका
हरिया भित्ताहरु,
अनि बिर्सिएकी क्षन्
आमाले,
मौसमी चक्रहरू,
बिर्सिन्छिन रुन,
अनायासै सकिन्छन
उनका आँशु कहिले,
कहिले बगिदिन्छन
बेहिसाब,
र संगै बगाईदिन्छन् आफ्नै
सुन्दर शृंगारहरु,
अनन्त यि अत्याचारका
सहनहरुले
ततेकी छन् उनी|
र, ऊ सर्वश्रेष्ठ
जीव,
बेमतलब छ हराएका
जीवहरुप्रति,
आमाको नजरबाट
छेलिएका जीवहरुप्रति,
लोप भएका सामयिक
जीवहरुप्रति
थाहा छ जीवगणना
उसलाई
अनभिज्ञ छैन ऊ,
बिल्कुल अन्जान छैन,
तर रात्रीसपनाबाट
ब्युँझन चाहेन ऊ,
वास्तविकताको भुइँमा
ओर्लन चाहेन ऊ
त्यो सर्वश्रेष्ठ
जीव,
ब्युँझनुपर्छ,
जाग्नुपर्छ,
आमाको क्रन्दन शान्त
पार्न जाग्नुपर्छ,
छियाछिया आमाको
चोलालाई टाल्न जाग्नुपर्छ,
नीलो त्यो छत, हरीयो
भित्ता टाल्नुपर्छ,
फगत् आमाको लागि
भएपनि,
ब्युँझनुपर्छ, जाग्नुपर्छ ऊ|
No comments:
Post a Comment