Thursday, December 3, 2015

ज्यूनु छ भने

घाम थियो हिजो,

कठ्याग्रिँदो शिशिरको न्यानोपन,

उमंगको प्रतिरुप ।

सुकाएका थिए यिनले शित हरिया घाँसहरुको,

अनि ति घाँसहरु

ठाडाठाडा भै हाम्रो कुरा सुनिरहेथे

हर्षमा उन्मादित त्यो समयको

तीतामीठा जीन्दगीका गफहरु,

अतितका स्मृतिहरु,

माया प्रिति, संघर्षका कथाहरु,

एक्लोपनका कथाहरु,

केही हाँस्दै केही मुख बिगार्दै हामीले बाचेका कथाहरु ।


बसिँरहँदा हिजो,

थाहा नभएको त होइन मलाई

यो घाम डुब्नेछ छिटै,

काला बादलहरु मडारिनेछन् छिटै,

अनि, आँशुमय आहालमा पुरिनेछ

यि हरिया घाँसहरु,

तर अनभिज्ञ बन्न मन थियो ।

अज्ञानी बन्न मन थियो ।

बिर्सिदिएथेँ यो निकट भविष्य,

बिर्सिदिएथेँ बियोगका कल्पनाहरु ।

हिजै मैले भुलिदिएथेँ तिमीबाहेकको दुनियाँ

निठूर समयले भन्छ आज,

भूलिदे उसलाई, रम्नु छ भने ।

उठ् कल्पनाबाट, ज्यूनु छ भने ।

No comments:

Post a Comment