मेरो यो उजाड जीवन,
ठन्डीले कठ्याङ्ग़िएको
तुसारापतले काक्राएको
शिशिरले नङ्गाएको यो,
शीतले छोपेको पुसको दिनझैं जीवन,
नव अल्लासमय उत्सवले,
आज फेरी सुनौलो भएको छ |
नव उमंगका सुनौला रश्मीहरु,
नव आशाका किरण बनि उदाइदिएका छन् |
सायद मेरै लागि,
हरियाली बसन्तमा, पालुवाहरू पलाउँछ,
प्रकृतिले आफुलाई शालीन बनाईछोप्छे,
दौडिएर जमिनसंग ठोकिन आइपुग्छन घामहरु,
सायद मेरै लागि मात्र
स्वर्गीय सपनाका अप्सरा बनाउछन् इन्द्र,
सुकोमल निस्छल परि बनाउँछ प्रकृति,
बिछट्टै
राम्रो मानवीय मुर्ति बनाउछ इश्वर पनि,
अनि मेरै लागि
पुर्णिमाको जून झारिदिन्छ सगर,
मोतिहरुलाई खरिदिन्छ सागर,
र, साथी बनि समयले
मिसाईदिन्छ एकैठाउॅमा सबैलाई,
उभ्भाइदिन्छ मेरो अघि,
आर्त म,
अनि मेरो घाऊमा मल्हम लगाइदिन्छ समय |
अनि फेरी साथी बनि
मेरो जीवनका प्यालाहरुमा,
अमृतमय त्मिलाई भरिदिन्छ यो नव समय,
यो नव बिहानी,
यो नव वर्ष |
No comments:
Post a Comment