मेरा शब्दहरु,
कति तिखा वाणी बनि
कोप्न पुग्छन,
कति निरस निरर्थक
बनि बाहिरिन्छन,
कति आकारहीन कथा बनि
निस्कन्छन्,
कति बेकार गफ बनि
टुंगिन्छन्,
कति भावना बनि
केलिइन्छन्,
कति अन्तर्मनमै
जेलिइन्छन्,
बाँकि पीडा बनि
रहिरहन्छन्|
मिठासमा सोचेका
शब्दहरु,
भित्रभित्रै
बिलाउॅछन्|
मिलेजस्ता
शब्दपंक्तिहरु कापीमा कोरिन्छन्,
केवल भावनाका भेल
हुन्छन् ति,
न ति कथा बन्छन्, न
आख्यान, न अर्थोक|
न ति कविका मिठासमा
परिणत हुन्छन्,
न उनका कवितामा|
यि शब्दहरु पनि
मोलहिन छन्|
यि साहित्य
बन्दैनन्, कविता बन्दैनन्,
न यि अस्तित्वहीन
शब्दहरुले,
मलाई कवि बनाउछन्,
र त, म कवि होइन|
No comments:
Post a Comment